Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

६३ प्रतिशत महाधिवेशन प्रतिनिधिले गरे विशेष महाधिवेशनमा नाम दर्ता, नेतृत्व चयन मंगलबार

नेपाली काँग्रेसको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको पक्षमा ६३ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले नाम दर्ता गराएका छन् ।

विशेष महाधिवेशन प्रचार प्रसार समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा आइतबार २६६२ जना महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराएकोमा आज ६.२४ प्रतिशत बढेर कुल ६३ प्रतिशत प्रतिनिधिले नाम दर्ता गरेको जानकारी दिइएको छ । आजको बन्द सत्रमा दुई महामन्त्रीद्वयले पेश गरेको प्रतिवेदनमा छलफल शुरु भएको छ ।

अब मंगलबार पनि बन्दसत्र जारी रहने र समुहगत छलफल जारी रहने प्रचार समितिका संयोजक सुवास पोखरेलले जानकारी दिएका छ । बन्दसत्रले मंगलबार नीति पारित गरेर निर्वाचनको प्रक्रिया शुरु हुने बताए ।

अहिलेसम्म ६३ प्रतिशत महाधिवेशन प्रतिनिधि सहभागी भएको र संस्थापन पक्षले ६६ प्रतिशतले नेतृत्व गर्न सक्ने भनेकोमा आफुहरुले ७० प्रतिशत कटाउने पोखरेलले दाबी गरे । उनले विशेष महाधिवेशनमा ५१ प्रतिशत भएमा पर्याप्त हुने बताउदै नेतृत्व फेर्न बहुमतले नै गर्न सक्ने बताए ।