Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

गगन-विश्वसँग काँग्रेसको संस्थापन पक्ष छलफलमा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पत्र पठाउदै दुई महामन्त्रीलाई वार्तामा बोलाएका छन् ।

सभापति देउवाले पत्र पठाएर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई वार्ताका लागि बोलाएका हुन् । सभापति देउवाले नेता डा. शेखर कोइरालालाई पार्टीमा एकताको पहल गर्न आग्रह गर्दै  महामन्त्रीहरुसँग छलफल गर्न आग्रह गरेका थिए ।

सभापति देउवाले पार्टी एकता बचाउन गरेको आग्रह अनुसार कोइरालाले  महामन्त्रीहरुसँग भेटे गरिरहेको बताइएको छ । भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गर्न अगाडी बढेपछि संस्थापन पक्षका नेताहरु परामर्शमा जुटेका थिए ।

संस्थापन पक्षका नेताहरुले अहिले पनि विशेष महाधिवेशनलाई मान्यता नदिने र चुनावपछि नै नियमित महाधिवेशन हुने बताउदै आएका छन् ।