Jul 14 2026

Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३

सासूको उत्प्रेरणाले ‘मिनिल्याप’ गराउँदै बुहारीहरू

सुन्दरपुरवासीले पारिलो घामको रापमा आनन्द लिन नपाएको झन्डै महिनादिन बितिसकेको छ । हुनतः यो याम मधेसमा मध्य शीतलहर हुने समय हो । विशेष गरेर साँझ बिहान चल्ने चिसो सिरेटोसँगै शीतले दैनिकीलाई अत्यन्त कष्टकर बनाउँदछ । जिल्लाको अति दुर्गम यस भेग पनि शीतलहरबाट अछुतो छैन, चिसोको क्रम झन् बढ्दो छ । दिनका समय घुरमाइलो हुन्छ । 

टोलमा फाट्टफुट्ट मात्र मानिसको आवतजावत देखिन्छ । शीतलहरको चिसोमा सोनमा गाउँपालिका–३ रघनाथपुरकी छ दशक पार गरेकी सनिचरी राउतको अन्तरआत्मा रापिलो देखिन्छ । उनले अत्यन्त खुसी देखिन्छन् । उद्घाटन गर्न पनि नभ्याएको सोनमा–७  सुन्दरपुरस्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रको पक्की भवन  हेर्न मात्र पनि उहाँ दिनको एकपटक यहाँ आउछन् । 
 
भवनका प्राङ्गणमा भेटिनुभएकी महिला अगुवा राउतले रमाउँदै भने “ठन्डी त  कति आए, कति गए । गाउँमै डाक्टर, उपचार, औषधि पाउने दिन देख्न पाइएला जस्तो लागेको थिएन । अब सामान्य बिरामी भएर पनि अकालमा मर्न नपर्ला ।  गाउँमै स्वास्थ्य सेवा पाउँदा रमाइलो लागेको छ ।”

महिला स्वयंसेविका कार्यक्रमको सुरुआती दिनदेखि अविछिन्न सेवामा तल्लीन हुँदै आइरहेकी ६५ वर्षीया राउत (दलितरअतिविपन्न)आफ्नो समुदायको पहिलो महिला स्वयंसेविका हुन् । उनका अनुसार गाउँमा सामान्य बिरामी पर्दा कम्तीमा एकरदुई घण्टाका स्वास्थ्य संस्थामा जानुपर्दथ्यो । जिल्लाको अति दुर्गमभित्र पर्ने यो गाउँमा  ‘सुख र दुःखकी आमा’ कहलिएकी उनले भनिन्, “म जिम्मेवारीबाट हटे पनि काम गर्न छाडेको छैन । मन मान्दैन । गाउँ नडुलेका दिन राम्ररी निद्रा लाग्दैन ।”

गाउँका अधिकांशलाई पायक पर्ने स्थानमा बनेको नयाँ स्वास्थ्य चौकीको भवनबाट गत हप्ता मात्र आधारभूत सेवा थालनी भएको थियो । यही अवसरमा यहाँ जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले गाउँपालिकाको समन्वयमा मेरी स्टोप्स (एमएसआई), सुनौलो परिवार नेपालको प्राविधिक सहयोगमा निःशुल्क ‘एकीकृत परिवार योजना शिविर’ यही पुस २४ र २५ मा सञ्चालन गरेको थियो । 

महिला स्वयंसेविका राउतले भनिन्, “मेरी पाँच बुहारीमध्ये तीनवटीले ‘मिनिल्याप’ गराइसके, चौथो बुहारीले पनि गराउँदै छिन् ।” 

सो स्वास्थ्य केन्द्रमा कार्यरत जनस्वास्थ्य अधिकृत विश्वेश्वर रामका अनुसार  शिविरको पहिलो दिन स्वयंसेविका राउतले सन्तानको रहर पुगेका ६ जना महिलालाई शिविरमा ल्याएर ‘मिनिल्याप’ गराउन सहजीकरण र समन्वय गरेको थियो भने दोस्रो दिन आफ्नी बुहारीसहित तीन जनालाई ल्याएको थियो । 

सनिचरीकी ३० वर्षीया बुहारी मनतोरियाले हरेक वर्ष जस्तै पाँच सन्तानलाई जन्म दिइन्। तीन छोरी र दुई छोराकी आमा उनले भनिन्, “सासूआमाले सन्तानको रहर पुगेको भए, स्थायी बन्ध्याकरण गर भनिन्, श्रीमान्ले  सहमति दिइन्, सासूआमाको साथ लिएर शिविरमा आएकी हुँ । स्थायी बन्ध्याकरण मिनिल्याप गराउँदछु । गाउँभन्दा अन्यत्र जान नपर्ने, पैसा नलाग्ने भएकाले शिविरमा आएँ ।”

स्वयंसेविका सनिचरीले गाउँमा बन्ध्याकरण शिविर आउने जानकारी टोलका घरघरमा छ–सात दिनसम्म डुलेर भनेकी  थिइन् । सन्तानका रहर पुगेका सबैजसो पुरुष र  महिला एवं तिनका अभिभावकलाई भेट गरेकी थिइन । उनले भनिन्, “पहिला पहिला मलाई सन्तानको रहर पुगेपछि अस्थायी साधन प्रयोग गर्नुपर्छ, स्थायी बन्ध्याकरण गर्नुपर्छ, परिवार नियोजनको साधन प्रयोग गर्नुपर्छ भनेर सिकाउँदा पिट्न आउँथे, टोलमा नआउनु भन्ने धम्की दिन्थे । अहिले बन्ध्याकरण शिविर कहिले आउँछ भनेर सोध्दछन् । परिवार नियोजनका अस्थायी साधन छ भनेर माग्दछन् । अझै पनि पुरुष स्थायी बन्ध्याकरण गराउन मान्दैनन् ।  स्थायी बन्ध्याकरण सेवा लिन बर्दिवास, गौशाला अथवा जनकपुर जानुपर्दथ्यो । भारतमा गएर पनि बन्ध्याकरण गराउँथि । अहिले गाउँमा शिविर आउँदा सजिलो त हुने नै भयो ।” 

सोनमा–७ सुन्दरपुरकी चार छोरी र दुई छोराकी आमा तोरिया साह घर नजिकै बन्ध्याकरण शिविर सञ्चालन भएकाले स्थायी बन्ध्याकरणको सेवा लिन आएको बताइन्। अन्यत्र भए जानुहुन्नथ्यो र रु जवाफमा उनले भनिन्, “श्रीमान् घर थिएन, बालबच्चा कसलाई छाडेर जाने रु स्वयंसेविका सनिचरीले स्थायी बन्ध्याकरण गराऊ केही हुन्न भनिन्। श्रीमान्लाई फोन गरेर सोधेँ हुन्छ भनिन् । आफन्तलाई घर कुर्न राखेर यहाँ आएँ ।” सोनमा–६ तरहारी टोलकी दुई छोरा एक छोरीकी आमा रुवी यादव आफ्नी नन्द रुकमणी यादव स्वास्थ्यकर्मी भएकाले शिविरमा आएको बताइन् । रुवीले भनिन्, “नन्दले सन्तानको रहर पुगेको भए स्थायी बन्ध्याकरण गर केही हुन्न भनिन्, के गर्नु श्रीमान्ले स्थायी बन्ध्याकरण गर्न मागिनन् । गाउँमै शिविर आउँदा सजिलो हुन्छ भनिन्, म जिम्मा लिन्छु भनिन् । ”

जनस्वास्थ्य अधिकृत राम आफ्नो टोलमा विपन्न÷दलित समुदाय (मुसहर)को पहिलो स्वास्थ्यकर्मी हुन् । उनले भनिन्, “स्वास्थ्य सेवासम्बन्धी समुदायमा सचेतना विस्तारै बढ्दैछ । परिवार व्यवस्थापनअन्तर्गत स्थायी बन्ध्याकरण÷अस्थायी साधनको प्रयोगका बारेमा खुलेर कुरा गर्न थालेका छन् । पहिला पहिला त यस्ता सेवाको पुहुँच थिएन, अहिले सेवा छ, जानकारी नहुँदा केही समस्या छ, यसलाई विस्तारै अन्त्य गर्दैछौँ । ‘भ्यासेक्टोमी’ गराएमा श्रम गर्न सकिँदैन, बल घट्छ भन्ने अझै पनि यहाँ गलत मान्यता रहेको छ । यसलाई अन्त्य गर्न समस्या छ ।”

एमएसआईरसुनौलो परिवार नेपालका तर्फबाट शिविरको संयोजन गर्नुभएकी प्रतिमा आचार्यले विकट क्षेत्रका विपन्न समुदायलाई परिवार व्यवस्थापनको सेवालाई पहुँचमा ल्याउन समन्वकारी माध्यमबाट सम्भव भएको बताइन्। उनले भनिन्, “यस्ता शिविरमा सेवाग्राही ल्याउन महिला स्वयंसेविका, स्वास्थ्यकर्मी, गाउँका अगुवाको महत्त्वपूर्ण सहयोग गरेका हुन्छन् । हामी प्राविधिक सहयोग गर्दछौँ । ‘मिनिल्याप’ सेवा लिने धेरै हुन्छन् ‘भ्यासेक्टोमी’ न्यून हुन्छन् ।”

शिविर सञ्चालनका पर्खाइ 

ग्रामीण क्षेत्रमा बन्ध्याकरणको शिविर सञ्चालनका पर्खाइमा बसेकाहरूका लागि निःशुल्क एकीकृत परिवार व्यवस्थापनको शिविर अति महत्त्वपूर्ण भएको छ । सोनमा गाउँपालिका, स्वास्थ्य शाखा प्रमुख विनोद साह नियमित सेवा उपलब्ध गराउन नसक्ने अवस्थामा शिविरमार्फत प्रदान गरिने बन्ध्याकरण सेवा विपन्न र ग्रामीण क्षेत्रमा महत्त्वपूर्ण हुने बताइन्। उनले भनिन् “अझै पनि स्थायी बन्ध्याकरण सेवाका लागि यस्ता शिविरको उपयोगिता घटेको छैन । शिविरमा किन पुरुष ‘भ्यासेक्टोमी’ सेवा आउँदैनन् भन्ने कुरामा सचेतना बढाउनुपर्छ । ” 

शाखामा कार्यरत सिनियर अहेव अमृत  यादवका अनुसार  हालसम्म गाउँपालिकामा ‘बर्थिङ सेन्टर’ छैन । यहाँबाट गौशाल नगर अस्पताल अथवा शम्शी प्राथमिक स्वास्थ्य केन्द्र जानुपर्ने अवस्था रहिआएको छ । गाउँपालिकाले सोनमा–७  सुन्दरपुरस्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई नै ‘बर्थिङ सेन्टर’ बनाउने तयारी गरेको बताइएको छ । 

मधेस प्रदेश, स्वास्थ्य निदेशक सरोजचन्द्र न्यौपाने एमएसआई÷सुनौलो परिवार नेपालसँगको प्राविधिक सहकार्यमा सम्बन्धित पालिकासँगको सहकार्यमा प्रदेशमा एकीकृत परिवार योजना शिविर प्रभावकारी सञ्चालन गर्दै आएको जानकारी दिइन् । उनले भनिन्, “समन्वकारी भूमिकामा सञ्चालन भइरहेका यस्ता बन्ध्याकरण शिविरबाट अति दुर्गम क्षेत्रका अति विपन्न समुदायले पायक पर्ने स्थानमा सेवा पाएका छन् । शिविरको प्रभावकारीता वृद्धि भएको छ । यस्ता शिविरमा  विशेष गरेर  ‘मिनिल्याप’ सेवा लिनेको सङ्ख्या धेरै छ । ‘भ्यासेक्टोमी’ सेवा लिने सङ्ख्यामा अत्यन्त कम छ  । यसलाई बढाउनुपर्छ ।” 

उनका अनुसार यस्ता शिविरमा परिवार योजनाका सम्पूर्ण साधनहरूको सेवा निःशुल्क उपलब्धता हुन्छ । ती सेवाअन्तर्गत परिवार योजनाका स्थायी माध्यम ‘मिनिल्याप’ (महिला बन्ध्याकरण) ‘भ्यासेक्टोमी’ (पुरुष बन्ध्याकरण), परिवार योजनाका लामो अवधि काम गर्ने आइयुसिडी, इम्प्लान्ट र छोटो अवधि काम गर्ने परिवार योजनाका साधनहरू तीनमहिने सुई (डिपो), खानेचक्की पिल्स र कण्डम पर्दछन् । 

स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख नवलकिशोर साहले पछिल्ला समय साझेदारी ढाँचामा परिवार योजना शिविर सञ्चालन भएको र यसको प्रभावकारिता देखिएको जानकारी दिइन्। उनले यही पुस ४ गतेदेखि जिल्लाका १५ वटै पालिकाका ११ स्थानमा शिविर सञ्चालन भइरहेको बताउनुभयो । उनका अनुसार यस्ता शिविरमा ८७४ जनालाई सेवा लिने लक्ष्य लिइएको छ । 

परिवार योजना  एवं सुरक्षित गर्भपतन सेवा प्रदान गर्दै आएको एमएसआई नेपालका वरिष्ठ सल्लाहकार केपी उपाध्याय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, परिवार कल्याण महाशाखाले परिवार व्यवस्थापन सेवाअन्तर्गत एकीकृत परिवार योजना शिविर सञ्चालनको ‘मोडालिटी’ ले विशेष गरेर विपन्न समुदायसम्म परिवार योजनाको सेवाको पहुँच पुर्‍याउने काम गरेको बताउछिन् । उनले भनिन्, “हामी जिल्ला जनस्वास्थ्यरस्वास्थ्य कार्यालयले पालिका तहहरूसँग समन्वय र सहकार्यमा शिविर सञ्चालन गर्न प्राविधिक सहयोग गर्दछौँ । यसका लागि ती निकायसँग समझदारी गर्दछौँ ।” 

उनका अनुसार समझदारीमा कुन निकायले के सेवा प्रदान गर्ने भन्ने कुरा स्पष्ट उल्लेख गरिएका हुन्छन् । पालिका तहले आवश्यकताका आधारमा  शिविर सञ्चालन गर्ने, स्थान छनोट गर्ने, यसका बारेमा सेवाग्राहीलाई घरदैलोमा नै पुगेर शिविरका बारेमा जानकारी दिने र सुनौलो परिवार नेपालका ‘मेडिकल टिम’ मार्फत सेवा प्रदान गर्ने अवधारणाले सेवा प्रदान भइराखेको वरिष्ठ सल्लाहकार उपाध्यायले जानकारी दिइन् । संस्थाले अहिले सातवटै प्रदेशलाई समेट्ने गरी नौवटा ‘मेडिकल टिम’ शिविरमा परिचालन गरेको छ ।