Jul 14 2026

Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३

नेप्सेमा हरियाली, अधिकांश समूहको शेयर मूल्य बढ्यो

नेप्सेमा आज सामान्य वृद्धि भएको छ । आज मंगलबार नेप्से ६.११ अंकले बढेर २५७६. २९ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३८३ कम्पनिका एक करोड ८२ लाख ९३ हजार ५९६ कित्ता शेयर ८ अर्ब ४१ करोड ७५ लाख ७० हजार ४२५ मा कारोबार भएको थियो । आज उत्पादन बाहेक सबै क्षेत्रका शेयर मुल्य बढेको छ ।

आज, सबैभन्दा बढी कामना सेवा विकास बैंक डिभेन्चर ८७ को शेयर १०.२२  प्रतिशतले बढेको छ भने सांग्रिला विकास बैंक डिभेन्चर ८७ को शेयर ९.८२ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी सामुदायिक लघुवित्तको शेयर ८.१० प्रतिशतले घटेको छ ।  

त्यस्तै आज सबै भन्दा बढी केबीएल डिभेन्चर ९० को ५२ करोड ७१ लाख बराबरको कारोबार भएको छ भने एनआइएमबी डिभेन्चर ९० को ३९ करोड १६ लाख बराबरको कारोबार भएको छ ।