Jul 14 2026

Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३

मृत्यु भएका व्यक्तिको सामाजिक सुरक्षा भत्ता निकाल्ने वडा अध्यक्षसहित तीन जनाविरुद्ध मुद्धा दायर

दोलखाको मेलुङ गाउँपालिका-१ का वडाध्यक्ष इश्वर कोईरालासमेत ३ जनाविरुद्ध सरकारी कागजात सच्याएको तथा सार्वजनिक सम्पत्ति हानि नोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको बारे मुद्धा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडा अध्यक्ष कोइरालासहित तीन जनाले मृत्यु भईसकेका व्यक्तिको किर्ते सहीछाप गरी सामाजिक सुरक्षा भत्ता बापतको रकम एक लाख ६४ हजार निकाली हिनामिना गरेको आरोपमा मुद्धा दायर गरेको जानकारी दिएको छ ।

मुद्धा दायर हुनेमा मेलुङ गाउँपालिका-१ का वडाध्यक्ष इश्वर कोईराला, वडा कार्यालयका तत्कालीन वडा सचिव बिनय उप्रेती र वडा कार्यालयका कार्यालय सहायक दल बहादुर थापा रहेका छन् ।