मधेश प्रदेश लोकसेवा आयोगले प्रशासन, इन्जिनियरिङ, वन र शिक्षातर्फ कर्मचारी माग गरेको छ। आयोगले एक सूचना जारी गर्दै उक्त तहका लागि २२ जना कर्मचारी माग गरेको हो।
यस तहका लागि योग्यता पुगेका इच्छुकहरुले माघ १४ गतेसम्म र दोब्बर दस्तुर तिरेर माघ २१ गतेसम्म आवेदन दिन सक्नेछन्।
यस तहमा उमेर हद पुरुषको २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र महिलाको ४० वर्ष ननाघेका हुनुपर्नेछ ।