चलचित्र ‘शिवांश’को टिजर सार्वजनिक गरेकाे छ । उक्त चलचित्र ‘शिवांश’ को टिजर निर्माणपक्षले आज सार्वजनिक गरेकाे हाे ।
यस चलचित्र बिदाको अवसर पारेर महाशिवरात्रि (फागुन ३) गते रिलिज गर्ने निर्माणपक्षले जनाएकाे छ ।‘सुरुआत नै अन्त्य हो र अन्त्य नै शिवांश’ भन्दै सुरु हुने टिजरमा चलचित्रका मुख्य कलाकार प्रवीण खतिवडा छन् । उनी सन्तको भूमिकामा देखिएका छन् ।
यस चलचित्रमा प्रवीण खतिवडा, तेज गिरी र रुषा न्यौपानेलगायत विकास जाेशी, बिमला लिम्बु, उदय कुमार सुब्बा, सन्ताेष कुमार आत्रेय, भरत लिम्बु, प्रदिप कुमार चाैधरी, सबिर चराैटे, टिका निराैला, कुन्दन चाैधरी र रत्न लिङतेल छन् ।
चलचित्रको निर्देशकमा सन्तोष कुमार आत्रेय छन् भने निर्माता अञ्जान केसी हुन् ।
भिडियाेसहित हेन्नुहाेस् :