नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। उक्त बैठक आज दिउँसो ४ बजे ललितपुरको बीपी नगरस्थित केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बस्ने भएको हो ।
बैठकमा पार्टीभित्रको महाधिवेशन विवाद, वर्तमान राजनीतिक अवस्था र समसामयिक विषयहरूमा छलफल हुने पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
आज बिहान देउवा निवास बुढानीलकण्ठमा पुगेर नेता डा. शेखर कोइराला र डा. मिनेन्द्र रिजालले पार्टीलाई एक ढिक्का राख्न सभापति देउवालाई आग्रह समेत गरेका थिए ।