Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

भ्रष्टाचार मुक्त देश बनाउन खाेज्दा अप्रत्याशित परिस्थिति आयो : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले भ्रष्टाचार मुक्त देश बनाउनको लागि योजनाबद्ध रूपमा काम अघि बढाएको बताएका छन् ।

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको ३५ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले चुनौतीका बीचमा पनि आफू नेतृत्वको सरकारले भ्रष्टाचार मुक्त देश बनाउन काम अघि बढाउँदै गर्दा अप्रत्याशित परिस्थिति आएको बताए।

'हामीले देशलाई जोगाएर ल्याएका छौँ। सबैलाई थाहा छ एमालेको दृष्टिकोण र अडान स्पष्ट छ। यो निरन्तर जारी रहन्छ।', उनले भने ।