प्रधानमन्त्री सुशीला कार्कीले तीन जना मन्त्रीलाई राजीनामा दिन आग्रह गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा राजनीतिक गतिविधिमा केन्द्रीत रहेको पाइएको भन्दै प्रधानमन्त्रीले ऊर्जामन्त्री कुलमान घिसिङ, खेलकुदमन्त्री बब्लु गुप्ता र सञ्चारमन्त्री जगदीश खरेललाई राजीनामा दिन आग्रह गरेकी हुन् ।
बैठकमा नागरिक सरकारका मन्त्रीहरू राजनीतिक गतिविधिमा सक्रिय रहेको भन्दै प्रधानमन्त्रीले प्रश्न उठाउँदै राजनीतिक गतिविधि नगर्नेमात्रै आफू नेतृत्वको मन्त्रिपरिषद्मा रहनुपर्ने बताइन् । विशेषगरी तीन मन्त्रीमा पनि कुलमान घिसिङको सक्रियतालाई लिएर प्रधानमन्त्री बढी गम्भीर बनेकी हुन् ।
भदौ २३ र २४ को जेनजी आन्दोलनपछि नागरिक सरकारका रूपमा सुशीला कार्कीको नेतृत्वमा सरकार गठन भएका थियो ।