Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

मन्डलामा कविता कन्सर्ट हुँदै

 आगामी माघ १ गते मण्डला थिएटरमा कविता कन्सर्ट हुँदैछ ।

‘बजारका कविता’ शीर्षकमा हुन लागेको कन्र्सट रङ्गकर्मी एवं कवि अनुप न्यौपानेले आयोजना गर्न लागेको हो । दुई वर्ष पहिले पनि अनुपले कविता कन्र्सट गरेएको थियो । 

कन्सर्टमा अनुपले आफ्ना कविता वाचन गर्नुहुने र मेलिना राई, विराज बास्कोटा, समीर भट्टराईको कलात्मक प्रस्तुति रहने जनाइएको छ ।

अनुपले वाचन गर्ने कवितालाई सङ्गीत भरेर रोचक बनाइने छ । जसमा सङ्गीततर्फ सौरभ चालिसे, सुदीप खतिवडा, रचना घिसिङ र निकोल्सन महर्जनले सहयोग गर्ने कवि न्यौपानेले जानकारी दिए । 

न्यौपाने कविसँगै रङ्गकर्मीसमेत छन् । उनले ‘सिरुमारानी’, ‘क्याफे’, ‘वैतर्णी’, ‘एन्टिगोनी’, ‘सलेदो’लगायतका  नाटकहरुमा अभिनय र ‘कथा एक’,  ‘सिरुमारानी’ जस्ता नाटकको निर्देशन गरिसकेको छ ।