Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

डोलेश्वर बहुउद्देश्यीय सहकारी संस्थाको साधारण सभा सन्धिखर्कमा सम्पन्न

डोलेश्वर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको चौथो साधारण सभा अर्घाखाँचीको सन्धिखर्कमा सम्पन्न भएको छ । शनिबार सम्पन्न साधारण सभा संस्थाका अध्यक्ष मोतीराज आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको  हो।

साधारण सभामा अध्यक्ष आचार्यले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै चालु आर्थिक वर्षमा संस्थाका सेयर सदस्यहरूलाई १० प्रतिशत लाभांश वितरण गर्ने जानकारी दिए । उनले हाल संस्थामा एक हजारभन्दा बढी सेयर सदस्य आबद्ध रहेको उल्लेख गर्दै आगामी दिनमा संस्थाको पूँजी अझै वृद्धि गर्ने लक्ष्य रहेको बताए ।

अध्यक्ष आचार्यका अनुसार संस्थाले होटल तथा कृषि क्षेत्रमा लगानी गर्दै आएको छ, जसका कारण स्थानीय स्तरमा उल्लेख्य रोजगारी सिर्जना हुन पुगेको छ। यसले आर्थिक गतिविधि बढाउनुका साथै समुदायको समग्र विकासमा टेवा पुर्‍याएको उनको भनाइ थियो । कार्यक्रममा सहकारीको लेखा प्रतिबेदन देवका बेल्वासेले प्रस्तुत गरेकी थिइन्  ।

कार्यक्रमको सञ्चालन संस्थाका कोषाध्यक्ष दीपक केसीले गरेका थिए । केसीले सेयर सदस्यहरूलाई छिटै काठमान्डौका बिभिन्न अस्पतालमा अपचार गर्नको लागि पनि केही रकम छुटको ब्यवस्था गर्न लागेको जानकारी दिए । साधारण सभामा करिब पाँच सय सेयर सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो । सभामा उत्कृष्ट कर्मचारी सम्पान गर्नुका साथै उत्कृष्ट बचत , मोबाईल बैकिं , जेष्ठ नागरिक सम्मान, बाल बचत सम्मान पनि  गरिएको थियो । उक्त कार्यक्रममा लेखा सदस्य रामकुमार नेपालीले स्वागत मन्तव्य राखेका थिए ।