Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

अमेरिकामा टिकटकले अब छुट्टै कम्पनी बनाएर सञ्चालन गर्ने

अमेरिकामा भिडिओ एप टिकटकले अब छुट्टै कम्पनी बनाएर सञ्चालन गर्ने सम्झौता गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दबाबपछि प्रतिबन्धबाट जोगिनका लागि टिकटकले अमेरिकामा छुट्टै कम्पनी बनाएर सञ्चालन गर्ने सम्झौतामा हस्ताक्षर गरेको हो।

सम्झौताअनुसार अमेरिकामा चल्ने टिकटकको स्वामित्व नयाँ संयुक्त कम्पनीमार्फत हुनेछ। त्यसको ५० प्रतिशत हिस्सा अमेरिकी प्रविधि कम्पनी ‘ओर्याकल’, लगानी संस्था ‘सिल्भर लेक’ र युएई आधारित कम्पनी ‘एमजीएक्स’ को समूहले पाउनेछन्। 

टिकटकका प्रमुख कार्यकारी शोउ च्यूले यसरी सम्झौता भएको भनेर बिहीबार कर्मचारीलाई सूचना पठाएको हो।