Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

सेन्सर पास भएसँगै ‘झरीपछिको इन्द्रेणी’ काे अग्रीम टिकट बुकिङ खुल्ला

पौष ४ गते शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आउने नयाँ नेपाली चलचित्र ‘झरीपछिको इन्द्रेणी’ सेन्सर पास भएको छ । सेन्सर बोर्डबाट यो चलचित्रले युनिभर्सल सर्टिफिकेट पाएको हो । युनिभर्सल सर्टिफिकेट पाएसँगै अब यो फिल्म हरेक उमेर समुहका दर्शकले सजिलै हेर्न पाउने भएका छन् ।

२ घण्टा १९ मिनेटसम्म बनेको यो फिल्मले दर्शकलाई मनोरञ्जन मात्रै नभई गहिरो सन्देश समेत दिने छ । भोली (शुक्रवार) रिलिज हुने सिनेमा सेन्सर पास भएसँगै यो फिल्मको अग्रीम टिकट बुकिङ पनि खुल्ला गरिएको छ ।

नागराज इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको फिल्मबाट अभिनेता गणेश उप्रेती लामो समयपछि कमव्याक गर्दैछन् । यो फिल्म छायांकनका लागि उप्रेती अमेरिकाबाट नेपालम फर्किएका थिए । फिल्ममा गणेशसहित रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे (पाँडे), प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपाली, लक्षणा राईको अभिनय छ ।