मधेस प्रदेशमा लामो समयदेखि रिक्त रहेको सभामुख पदका लागि निर्वाचन हुने भएको छ । निर्वाचन पुस ६ गते हुने भएको हो ।
यसअघि बुधबार नै सभामुख चयन प्रक्रिया अघि बढाइने भनिए पनि नेकपा (एमाले)को ११ औँ महाधिवेशनले गर्दा प्रक्रिया अघि बढ्न सकेको थिएन । यधपी, एमालेका प्रदेशसभा सदस्यहरू महाधिवेशनमा व्यस्त भएकाले सभामुख चयन प्रक्रिया पछाडि धकेलिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
उपसभामुख बबिता राउतका अनुसार प्रदेशसभा बैठकबाट सभामुख निर्वाचन प्रक्रिया चयन गरिने बताइन् ।