शिखर इन्स्योरेन्सले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पूँजीको ६.३१५८ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
उक्त लाभांस आगामी साधारणसभाबाट पारित भएपश्चात मात्र लगानीकर्ताले पाउने कम्पनीले जनाएको छ । जसमा ६ प्रतिशत बोनस सेयर र ०.३१५८ प्रतिशत नगद लाभांश रहेको छ।
हाल यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६४५ रुपैयाँ हाराहारीमा छ ।