Jul 20 2026

Jul 20 2026 | सोमवार, श्रावण ४ गते २०८३

हर्क साम्पाङले गरे उपाध्यक्ष लामालाई निलम्बन

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपाध्यक्ष विश्वक्रान्ति भनिने राजकुमार लामालाई निलम्बन गरेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उपाध्यक्ष लामालाई पक्राउ गरेपछि साम्पाङले उनलाई निलम्बन गरेका हुन् । 

साम्पाङले बुधबार बिहान फेसबुक भिडिओमार्फत उनको पृष्ठभूमीमबारे आफू अनविज्ञ र आफूले बुझेको उनी माओवादी पार्टीमा आबद्ध भएर धेरै लामो समयसम्म विभिन्न खालका पार्टीहरुसँगै राजनीतिक अभियानहरुमा संलग्न हुदै आएको बताएका छन् ।

मेयर साम्पाङले उनीमाथि निष्पक्ष छानबिन गर्न आग्रह गर्दै निर्दोष भएर बाहिर ननुस्कुन्जेलसम्म उनलाई पार्टीको पदबाट निलम्बन गरेको कुरा आफूले जानकारी दिने बताएका छन् । 

धनकुटा घर भएको र कपन बस्ने ५० वर्षीय  लामाविरूद्ध २०६८ फागुन १५ गते काठमाडौंको बबरमहलस्थित नेपाल आयल निगमको गेटमा टाइम बम बिस्फोट गराएको आरोप छ। त्यस घटनामा तीन जनाको मृत्यु र एक जना घाइते भएका थिए।

उनीविरूद्ध जिल्ला प्रहरी कार्यालय पाँचथरमा दर्ता भएको विष्फोटक पदार्थ सम्बन्धी मुद्दामा फरार नै देखिएका थिए। त्यसै कारण उनलाई पक्राउ गरी अनुसन्धानका लागि पाँचथर पठाएको प्रहरीले जनाएको छ।  

साम्पाङले के भने हेर्नुहोस् भिडियोसहित: