Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

बालाजुमा सवारी लाइसेन्सको ट्रायल खुलाउने तयारी गरिँदै

यातायात व्यवस्था कार्यालय, बालाजुले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लिखित तथा प्रयोगात्मक परीक्षा (ट्रायल) खुलाउने तयारी गरेको छ । कार्यालयले बागमती प्रदेश मन्त्रिपरिषद्को निर्णय र विभागीय मन्त्रीको निर्देशन अनुसार (ट्रायल) खुलाउने तयारी गरेको हो । 

हालसम्म कार्यालयले सवारी ब्लु–बुक नवीकरण र कर संकलनको काम मात्र गर्दै आएको थियो । अब पूर्ण क्षमतामा  सेवा प्रवाह गर्ने तयारी स्वरुप ट्रायल सेन्टरका लागि प्रस्ताव आह्वान गरिएको कार्यालयका प्रमुख चेतनाथ भट्टराईले बताए ।

कार्यालयले एक सूचना जारी गर्दै दुई पाङ्ग्रे चार पाङ्ग्रे तथा हेभी सवारी साधनको प्रयोगात्मक परीक्षाका लागि आवश्यक पूर्वाधार र सवारी साधन भाडामा लिन इच्छुक संस्थाहरुबाट शिलबन्दी प्रस्ताव माग गरेको छ । 

प्रमुख भट्टराईका अनुसार कार्यालयको नाम बालाजु भए पनि हालसम्म सानोभर्याङबाटै सेवा प्रवाह भइरहेको बताए ।