Jul 20 2026

Jul 20 2026 | सोमवार, श्रावण ४ गते २०८३

चलचित्र ‘आ बाट आमा’को गीत ‘सृष्टिकै पहिलो नाम’ सार्वजनिक (भिडियोसहित)

चलचित्र ‘आ बाट आमा’को गीत ‘सृष्टिकै पहिलो नाम’ सार्वजनिक भएको छ। चलचित्र ‘आ बाट आमा’को गीत साेमबार ओयसआर युटुब च्यानलमा सार्वजनिक भएकाे हो । गीतमा बाल्यकासंगै परदेशिएका छोरा, आमा र बाबाको अत्यन्तै गहिराे प्रेम प्रस्तुत गरिएकाे छ ।

उक्त गीतमा अभिनेत्री बिपना थापा, पल शाह, सिम्रन पन्त, उषा उप्रेती, साइग्रेस पोखरेल, प्रदीप रावत र गजित बिष्ट लगायत कलाकारहरूको अभिनय रहेकाे छ । यस गीतमा स्वर रबी ओडले दिएका छन्। 

आर्या इन्टरटेन्मेन्ट प्राइभेट लिमिटेडको ब्यानरमा निर्माण भएको यस चलचित्रकाे छायाङ्कन नवराज उप्रेतीले गरेका हुन् भने निर्देशन चन्द्र पन्तले गरेका हुन् ।

हेर्नुहोस् उक्त उक्त गीतको भिडियो: