नेकपा एमालेका नेता राजेन्द्र गौतमले सार्वजनिक भएका पदाधिकारीका सूचीमा असन्तुष्टि जनाएका छन् । उनले प्रचारमा आएको नामहरुमा असन्तुष्टि जनाएको हो ।
उनले आफूले फारम भरेर हातमा पैसा लिएर बसेको र अब आफ्नो उम्मेदवारी फिर्ता नहुने बताएका छन् ।
‘फारम भरेर हातमा पैसा लिएर बसेको छु, अब मेरो उम्मेदवारी फिर्ता हुँदैन’, गौतमले भने ।