Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

एमालेको अनुशासन आयोगका अध्यक्ष केशव बडालको कुनै पदमा नबस्ने घोषणा

नेकपा एमालेको अनुशासन आयोगका अध्यक्ष केशव बडालले सक्रिय राजनीति नगर्ने घोषणा गरेका छन् ।

एमालेको ११औं महाधिवेशनको बन्द सत्र बडालले पछिल्लो समय आफूले जिम्मेवारी अपेक्षित रूपमा पूरा गर्न नसकेको आत्मस्वीकृति व्यक्त गर्दै यस महाधिवेशनबाट पार्टीको कुनै पनि पदमा नबस्ने घोषणा गरेका हुन् । उनले अब पदभन्दा बाहिर रहेर पार्टी र जनताको हितमा समर्पित भावनाका साथ काम गर्ने बन्दसत्रमा बताएको एमाले नेता महेश बस्नेतले जानकारी दिएका छन् ।

यसअघि आजै बसेको एमालेको केन्द्रीय कमिटीको बैठकमा उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले पनि पदमा नबस्ने घोषणा गरेका थिए ।