Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

नेता सन्तोष चालिसेविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता

नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। चालिसेविरूद्ध आज भ्रष्टाचार मुद्दा दर्ता भएको हो।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तीन करोड ६८ लाख रुपैयाँ बिगो कायम गरी उनीविरूद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले बताए ।

उनले गोकर्णेश्वर नगरपालिकाका मेयर हुँदा गैरकानुनी तरिकाले रकम आर्जन गरेको आरोप छ।