Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

सुरेश रजक अब सँधैका लागि अमर छन् : जगदीश खरेल

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शहीद सुरेश रजक अब सँधैका लागि अमर भएको बताएका छन्।शनिबार शहीद सुरेश रजकको परिवारसँगको भेटघाटमा उनले सरकारले सुरेशलाई शहीद घोषणा गरेको भन्दै अब उनी सबैका लागि अमर भएको बताए ।

photo-6_586fd673.jpg

शहीदको सम्मान पाउन त्यति सजिलो नभएको भन्दै ठूलै त्याग, समर्पण गुमाएपछि मात्रै शहीद हुन पाइने पनि उनको भनाई छ । उनले भने, ‘शहीद सुरेश रजकले जे जसरी आफ्नो ज्यान गुमाउनु पर्यो, त्यो एकदमै दुखद थियो । शहीद भईसकेपछि सुरेश रजक अब अमर हुनुभयो । उसलाई देश जनताले सम्झिरहने छन् । त्यो पनि सम्मानका साथ शहीदको सम्मान पाउन त्यति सजिलो छैन् । ठूलै त्याग, समर्पण गुमाउनुपर्छ अनि मात्रै शहीद हुन पाइन्छ ।’

यस्तै, उसको मृत्यु भएको हो कि मारिएको हो भन्ने कुरा अझै छानबिन हुन बाँकी रहेको पनि बताए । पत्रकारहरुलाई यसरी शहीद घोषणा गरेको घटना कमै हुने भन्दै यस्तो कार्य गर्न पाउँदा खुशी लागेको पनि उनको भनाई छ ।