Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

काँग्रेस उम्मेदवार सिफारिस: रुपन्देही- ३ बाट बालकृष्ण खाणसहित ६ जना सिफारिस

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही क्षेत्र नम्बर ३ बाट पूर्वगृहमन्त्री बालकृष्ण खाण सिफारिस भएका छन् ।  

क्षेत्रीय समितिको मंगलबार बसेको बैठकले क्षेत्र नम्बर ३ बाट खाणसहित ६ जनाको नाम सिफारिस गरेको हो । समितिले प्रत्यक्षमा खाणसहित सुशील गुरुङ, रमेश खनाल, रामचन्द्र ढकाल, विमल ढकाल र गोविन्दबहादुर खत्रीको नाम सिफारिस गरेको क्षेत्रीय सचिव लेखनाथ भट्टराईले  जानकारी दिएका छन् । त्यस्तै समानुपातिकतर्फ जन्नतुननिशा धुनिया, पुष्पाथरुनी र माधवी शर्मालाई सिफारिस गरिएको छ ।

त्यस्तै रुपन्देही-५ बाट संस्थापन पक्षले भारत शाहको एकल नाम सिफारिस गरेपछि विवाद भएको छ । संस्थापन इतर पक्षले शाहको मात्र नाम सिफारिस गरिएको प्रति विरोध गर्दै उनीहरुले विष्णु पोखरेल, कमल प्रकाश भुसाल र लिला कुमारी पौडेलको नाम सिफारिस गरि केन्द्रमा पठाएका छन् । इतर पक्षबाट सिफारिश भएका पोखरेल र भुसाललाई संस्थापन पक्षले यसअघि कारवाही गको थियो ।