Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि

राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि शुरु हुदैछ ।

प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार आज र भोली दुई दिनसम्म बस्ने बैठक आज बिहान १०:३० बजेदेखि धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा शुरु हुने छ ।

बैठकमा  विभिन्न प्रतिवेदनहरु पेश हुने छन् भने समान विचार भएका दल, अभियानसँग एकता गर्ने विषय, पार्टीको महाधिवेशन र फागुन २१ को निर्वाचन बारे छलफल हुने एजेण्डा रहेका छन् ।