Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

प्रधानमन्त्री कार्की र भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव महावरबीच शिष्टाचार भेटवार्ता

प्रधानमन्त्री सुशीला कार्कीसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले शिष्टाचार भेटवार्ता गरेका छन् ।

मंगलबार सिंहदरबारमा भएको भेटवार्ताको अवसरमा उनको साथमा उपसचिव सकेता राजा मुसिनीपाल्ली, नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवलगायत सहभागी थिए । 

pm1765267553.jpg

भेटवार्तामा महावरले आसन्न प्रतिनिधिसभा निर्वाचनमा भारत सरकारबाट हुने सहयोगको प्रतिबद्धता व्यक्त गरेको थिए । 

जेनजी आन्दोलनपछि सरकार फेरिएसँगै भारतीय विदेश मन्त्रालयबाट भएको यो उच्चस्तरीय भ्रमण हो । अतिरिक्त सचिव महावर भारतीय विदेश मन्त्रालयका नेपाल र भुटान मामिला हेर्ने विभागका प्रमुख हुन् । उनी बुधबार स्वदेश फर्किदैछन् ।