Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलाको एक हजारले घटेर तोलाको २ लाख ५१ हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको २ लाख ५२ हजार ९ सयमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १५ रुपैयाँले घटेर ३६०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ३५८५ मा कारोबार भएको थियो ।