Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

सिटीइभिटीमा सम्बन्धनका लागि आवेदन दिएका संघसंस्थालाई १० दिन भित्र सम्पर्क गर्न मन्त्री पुनको आग्रह

शिक्षामन्त्री महाबीर पुनले सिटीइभिटीबाट सम्बन्धन लिएर डिप्लोमा कार्यक्रम सॅचालन गर्नको लागि २०६९ साल देखि अहिले सम्म आवेदन दिएकालाई १० दिनभित्र सम्पर्क गर्न आग्रह गरेका छन् ।

मन्त्री पुनले आवेदन दिएर पूर्बाधार निरिक्षण  भएका, एलओआई पाएका, स्थलगत निरिक्षण भएका वा नभएका सबै प्रकारका सॅस्थाहरू (नीजी तथा अन्य) ले अझै पनि सो सो कार्यक्रमहरु चलाउन चाहेमा मन्त्रालयमा आफुलाई पहिला दर्ता गरेको निवेदनको फोटो कपिसहित १० दिन भित्र सुचना दिन आग्रह गरेका हुन् । उनले निवेदनहरुको छानविन द्रुत गतिमा भईरहेको बताउदै यस्तो आग्रह गरेका हुन् ।

उनले भनेका छन्- 'सिटीइभिटीबाट सम्बन्घन लिई डिप्लोमा कार्यक्रम सॅचालन गर्नको लागि २०६९ साल देखि अहिले सम्म आवेदन दिएका र पूर्बाधार निरिक्षण  भएका, एलोआई पाएका, स्थलगत निरिक्षण भएका वा नभएका सबै प्रकारका सॅस्थाहरू (नीजी तथा अन्य) ले अझै पनि सो सो कार्यक्रमहरु चलाउन चाहनु हुन्छ भने मन्त्रालयमा मलाई पहिला दर्ता गरेको निवेदनको फोटो कपि सहित १० दिन भित्र सुचना दिनु होला । पहिले निवेदन दिए पनि अब कार्यक्रम सञ्चालन गर्न नचाहनेले निवेदन दिनु पर्दैन । सबै निवेदनहरुको छानविन द्रुत गतिमा हुँदैछ ।'