Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

फेरि बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो?

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मुल्य घटेको छ   ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलाको ७ सयले बढेर तोलाको २ लाख ५२ हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबर सुन तोलाको २ लाख ५२ हजार २ सयमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २० रुपैयाँले घटेर ३५८५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ३६०५ मा कारोबार भएको थियो ।