Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

नेपाल इन्स्योरेन्स कम्पनीद्वारा आयोजित फुटसल प्रतियोगिता सम्पन्न, २५ संस्थाहरूबाट २८ टिम सहभागी

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा सामाखुसी फुटसलमा आयोजना गरिएको फुटसल प्रतियोगिता सम्पन्न भएको छ । कम्पनीले मसिंर १९ र २० गते उक्त प्रतियोगिता सम्पन्न गरेको हो ।

सो प्रतियोगितामा नेपाल बिमा प्राधिकरणलगायत सम्पूर्ण, जीवन, निर्जिवन लघु, पुनर्बीमा कम्पनीहरू तथा सर्भेयरहरूसहित २५ संस्थाहरूबाट २८ टिमको सहभागिता रहेको थियो ।

उक्त प्रतिगितामा प्रथम हुने नेको इन्स्योरेन्स लिमिटेड, द्वितीय हुने नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड र तेस्रो हुने हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडका खेलाडीहरूलाई कम्पनीका सञ्चालक समितिका अध्यक्ष चन्द्र सिंह साउद  र प्रमुख कार्यकारी अधिकृत वीरकृष्ण महर्जनले प्रमाण पत्र, पदक तथा शिल्ड प्रदान गरेका थिए । 

उक्त प्रतियोगितामा Best Goal Keeper नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडका रोमन सिंह, Best Defender हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडका  सुनिल थापा, Highest Scorer  हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडका दिनेश कुमार सिंह र Best  Player of the Tournament नेको इन्स्योरेन्स लिमिटेडका युकेश तामाङ्गलाई ट्रफी प्रदान गरिएको थियो ।

साथै अनुशासित, मर्यादित र निष्पक्ष खेल खेलाए वापत रेफ्रिहरू र उक्त प्रतियोगिताका लागि Ground उपलब्ध गराउनु हुने सामाखुशी फुटसलका राजु महर्जनलाई कम्पनीका सञ्चालक समितिका अध्यक्ष चन्द्र सिंह साउदले मायाको चिनो प्रदान गरेका थिए ।