Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

नेप्से २१.४८ अंकले घट्यो, ५ अर्ब ३३ करोडको कारोबार

नेप्सेमा गिरावट आएको छ । आइतबार नेप्से २१.४८ अंकले घटेर २६०९.६९ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३२५ कम्पनिका एक करोड ७ लाख १८ हजार ६१५ कित्ता शेयर ५ अर्ब ३३ करोड ४४ लाख १५ हजार ३३१ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ । 

आज स्वस्तिक लघुवित्त र श्रीनगर एग्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ भने झापा इनर्जीको शेयर मुल्य ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी बंगल हाइड्रोको शेयर ८.५१ प्रतिशतले घटेको छ । 

त्यस्तै आज सबै भन्दा बढी सागर डिस्टिलरीको ४३ करोड ६९ लाख कारोबार भएको छ भने एनगाडी ग्रुप पावरको ३२ करोड ५२ लाखको कारोबार भएको छ ।