कृषि बिकास बैंक लिमिटेडले साउथ एशियन फेडेरेशन अफ एकाउन्टेन्ट्सको तीन विधामा अवार्ड प्राप्त गरेको छ।
बैंकले साउथ एशियन फेडेरेशन अफ एकाउन्टेन्ट्स (SAFA) द्वारा आयोजित कार्यक्रम मा 'उत्कृष्ट प्रस्तुत वार्षिक प्रतिवेदन पुरस्कार' (Best Presented Annual Report Award), 'एकीकृत प्रतिवेदन पुरस्कार' (Integrated Reporting Award), र 'कर्पोरेट गभर्नेन्सका लागि सार्क वार्षिकोत्सव पुरस्कार २०२४' (SAARC Anniversary Award for Corporate Governance Disclosure 2024) अन्तर्गत "सार्वजनिक क्षेत्रको बैंक श्रेणी" मा पुरस्कार प्राप्त गरेको हो।
SAFA द्वारा पकिस्तानको ईस्लामाबादमा 27 Nov 2025 आयोजित एक कार्यक्रममा उक्त पुरस्कार बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले ग्रहण गर्नु भएको बैंक श्राेतले जनाएको छ। कृषि विकास बैंक यस अघि चार्टड एकाउन्टेन्ट संस्थाबाट वार्षिकरुपमा प्रदान गरिने राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२४ बाट सम्मानित भएको थियो।
पुरस्कार प्राप्ति पश्चात् बैकका वस्तु तथा सेवा सुविधा सन्दर्भमा पारदर्शिता, उत्कृष्टता, र सुदृढ सुशासन प्रतिको बैंकको निरन्तर प्रतिबद्धतालाई झल्काउँछ। साथै, यसले बैंकलाई उत्कृष्टतातर्फ निरन्तर प्रयास गर्न र सरोकारवालाहरूका लागि विश्वसनीय, गुणस्तर-उन्मुख वित्तीय रिपोर्टिङ प्रदान गर्न उत्प्रेरित गरेको बैंकले जनाएको छ।