Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

“अनु चौधरी र सुबास क्याप्छाकीको मोहक स्वरमा ‘मुटु भित्रै’ सार्वजनिक (भिडियोसहित)

Rainbow Wave युट्युब च्यानलले आज कमला लिम्बू प्रस्तुती  ‘मुटु भित्रै’ सार्वजनिक गरेको छ, जहाँ गायक–गायिका अनु चौधरी र सुबास क्याप्छाकीको स्वरले प्रेमकथालाई संगीतको मधुर समुद्रमा डुबाएको छ।

दुवैको आवाजमा पाइने कोमलता, भाव, र सुरिलो मिठासले गीत सुन्ने बित्तिकै श्रोता–दर्शकलाई कथाको भित्रसम्म पुग्न मद्दत गर्छ। गीतका शब्द तथा संगीत राज खिम्दिङको सिर्जनामा संगीत संयोजनमा बिशाल निरौलाले गीतलाई आधुनिकता र आत्मीयता बीच सन्तुलन मिलाएका छन्। अडियो मिक्सिङ रेकर्डिस्ट रञ्जन राईको रहेको 

आकाश श्रेष्ठ  र सोनीय लिम्बूको अभिनयले गीतलाई दृश्यगत सौन्दर्य भरिदिएको छ। निर्देशक बिबी लिम्बू, छायांकन उत्सव दाहाल, सम्पादन–कलर विकास दाहाल, मेकअप माही सिंह, ड्रेस Valentino Boutique, र कोरियोग्राफी पुनम श्रेष्ठ—सबैले संगीतले बोलेको भावनालाई दृश्यमा जस्ताको त्यस्तै उतारेका छन् ।