Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

साताको पहिलो दिन घट्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार?

नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मुल्य बढेको छ   ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मुल्य तोलाको २ सयले घटेर तोलाको २ लाख ५२ हजार २ सयमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार सुन तोलाको २ लाख ५२ हजार ४ सयमा कारोबार भएको थियो ।  यस्तै, आज चाँदीको मूल्य भने बढेको छ ।

महासङ्घका अनुसार आज चाँदी तोलाको ५० रुपैयाँले बढेर ३६०५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ३५५५ मा कारोबार भएको थियो ।