Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

मधेश प्रदेशकी राप्रपा सांसद बिच्छा पदमुक्त

मधेश प्रदेशकी राप्रपा सांसद कन्चन बिच्छा पदमुक्त भएकी छन् ।

मधेश प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै बिच्छालाई राप्रपाले पदबाट हटाउन पत्र पठाएको उल्लेख गर्दै प्रदेश सभा कार्य संचालन नियमावली २०७५ को नियम १९० अनुसार राजनीतिक दल सम्बन्धि ऐन, २०७३ को दफा ३५ को २ तथा प्रदेशसभा कार्य संचालन नियमावली २०७५ को नियम १९१ बमोजिम सूचना प्रकाशित गरेको हो ।

राप्रपाकी समानुपातिक सांसद बिच्छाले केन्द्रको निर्णय विपरित एमालेका मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारमा मन्त्री बनेको र केन्द्रको निर्देशन विपरित पद नछोडेपछि राप्रपाले उनलाई सांसदबाट फिर्ता बोलाउने निर्णय गरेको थियो ।   

madhesh1764930941.jpg