Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

शंकर पोखरेलको टिप्पणी: लोडसेडिङविरुद्धको योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेश्रोले !

नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोडसेडिङ हटाएको जस लिएको भन्दै कुलमान घिसिङप्रति व्यंग्य गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले लोडसेडिङविरुद्ध उज्यालो नेपालको योजना एउटाको भएको र जस अर्कोले पाएको टिप्पणी गरेका हुन् ।

उनले लोडसेडिङ विरुद्ध उज्यालो नेपालको योजना एउटाको, जस अर्कोले पाएको र दल तेस्रोले खोलेको भन्दै उज्यालो नेपाल पार्टीप्रति कटाक्ष गरेका छन् ।

उनले भनेका छन्- लोडसेडिङ विरुद्ध उज्यालो नेपालको योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेश्रोले । जसको योजना उसैलाई श्रेयदिने कहिले ?