Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

जापानमा बेरोजगारी दर २.६ प्रतिशतमा स्थिर

जापानमा अक्टोबर महिनामा बेरोजगारी दर लगातार तेस्रो महिना २.६ प्रतिशतमा स्थिर रह्यो। तर बेरोजगारहरूको सङ्ख्या बढिरहेको छ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अनुसार, रोजगारप्राप्त व्यक्तिहरूको सङ्ख्या ६८ लाख ४६ हजार पुग्यो, जुन अघिल्लो महिनाभन्दा सानो वृद्धि हो। बेरोजगारको सङ्ख्या १८ लाख ५० हजार पुग्यो, जुन २.२ प्रतिशतले बढेकाे छ ।

बेरोजगारमध्ये चार लाख ६० हजार जनाले अनिच्छापूर्वक जागिर गुमाए, जुन अघिल्लो महिनाभन्दा ७ प्रतिशत बढी हो। नयाँ रोजगार खोज्ने व्यक्तिहरूको संख्या ५० हजार पुग्यो, जुन ४.२ प्रतिशतले बढेकाे छ । महिला कामदारको सङ्ख्या ३१ लाख ५९ हजार पुग्यो, जुन जनवरी १९५३ पछि सबैभन्दा उच्च स्तर हो।

स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका अनुसार, अक्टोबरमा रोजगार उपलब्धता अनुपात १.१८ रह्यो। यसको अर्थ, प्रत्येक १०० रोजगार खोज्ने व्यक्तिका लागि ११८ जागिर उपलब्ध छन्। यो अनुपात जनवरी सन् २०२२ पछि पहिलो पटक १.२० भन्दा तल झर्‍याे।

मन्त्रालयले स्व–चेकआउट प्रणालीको प्रयोग र न्यूनतम तलबमा क्रमिक वृद्धिले यसमा केही प्रभाव पारेको जनाएकाे छ।