Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

देउखुरीमा आज नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा हुँदै

नेपाली कम्युनिष्ट पार्टीले आज लुम्बिनीको देउखुरीमा एकता सन्देश सभा गर्न लागेको छ  । नेकपा गठनपछि देशभर एकता सन्देश सभा गर्ने निर्णय गरे बमोजिम आज दाङको देउखुरीमा सभा गर्ने भएको हो । 

नेपाली कम्युनिष्ट पार्टीले यसअघि  शुक्रबार धनगढीमा एकता सन्देश सभा गरेको थियो । सभालाई संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपाललगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

नेकपा माओवादी केन्द्रसहित विभिन्न १२ भन्दा बढी घटक मिलेर नेपाल कम्युनिष्ट पार्टी गठन भएसँगै संगठानिक गतिविधि शुरु गरेको छ ।

नेपाली कम्युनिष्ट पार्टीले गण्डकी प्रदेशको पोखरामा मंसिर १४ गते, कोशी प्रदेशको विराटनगरमा मंसिर १५ गते, उपत्यका विशेष प्रदेश अन्तर्गत काठमाडौँमा मंसिर १७ गते, कर्णाली प्रदेशको सुर्खेत मंसिर १८ गते, मधेश प्रदेशको जनकपुरमा मंसिर २० गते,  प्रवास प्रदेशहरुको संयुक्त भर्चुअल कार्यक्रम मंसिर २१ गते, संघीय सम्पर्क समन्वय प्रदेशको काठमाडौँमा मंसिर २२ गते र बाग्मती प्रदेशको हेटौडामा मंसिर २३ गते एकता सन्देश सभा गर्ने जानकारी दिएको छ ।