Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

राष्ट्रपति पौडेलबाट फागुन २१ गतेको निर्वाचनका लागि सेना परिचालन गर्न स्वीकृति प्रदान

राष्‍ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन सम्पन्‍न गर्न सुरक्षा व्यवस्थाका लागि नेपाली सेना परिचालन गर्ने स्वीकृति प्रदान गरेका छन् ।

राष्ट्रपति पौडेलले प्रधानमन्त्रीको सिफारिस तथा नेपाल सरकार, मन्त्रिपरिषद्‍को मङ्सिर ८ गतेको निर्णयमा उल्लेख भए बमोजिम हुने गरी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन सम्पन्‍न गर्न सुरक्षा व्यवस्थाका लागि नेपाली सेना परिचालन गर्ने स्वीकृति प्रदान गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।