Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

प्रवक्ता मोहन कुमार श्रेष्ठका अनुसार बैठक आज दिउॅसो १ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने गरि बोलाइएको छ । 

आजको बैठकमा समसामयिक परिस्थितिको विश्लेषण गर्दै पार्टीको रणनीति बनाउने, आसन्न केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्ने, पार्टीभित्र आन्तरिक एकता कायम गर्दै सबै तहको अधिवेशन सम्पन्न गर्ने, एजेण्डा केन्द्रीत कार्यक्रम अघि बढाउने, चुनाव भइहालेमा चुनावी तयारी कसरी गर्ने भन्ने लगायतका विविध विषयमा छलफल हुने प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् ।