Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

प्रतिनिधिसभा निर्वाचनका लागि एमालेले गर्यो दल दर्ता

प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा रहेको नेकपा एमालेले फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेको छ ।

मंगलबार आयोग पुगेर पार्टीका निर्वाचन विभागका प्रमुख निरज आचार्य र कार्यालय सचिव डा. भीष्म अधिकारीले दल दर्ताको निवेदन दिएका हुन् ।

प्रतिनिधिसभा सदस्यको निर्वाचन प्रयोजनका लागि यही मंसिर १० गतेसम्मको समय रहेकोमा अहिलेसम्म ६६ दल दर्ता भएका छन् । त्यस्तै निर्वाचन आयोगमा दर्ता दलको संख्या भने १३५ पुगेको छ ।