Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त

सरकारले मुख्यसचिवमा सुमनराज अर्याललाई नियुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रक्षा सचिवसमेत रहेका अर्याललाई मुख्य सचिवमा नियुक्त गरेको हो । २०२५ असार २६ मा जन्मिएका अर्याल २०५३ वैशाख १९ गते निजामती सेवामा प्रवेश गरेका थिए ।

मुख्य सचिव एकनारायण अर्याल उमेर हदका कारण मंगलबारबाट नियमित अवकासमा जाने भएपछि ज्येष्ठताका आधारमा सरकारले नयाँ मुख्य सचिव नियुक्त गरेको हो ।