Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि आयोगमा कांग्रेसले गर्यो दल दर्ता

नेपाली कांग्रेसले राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ । आइतबार कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल निर्वाचन आयोग पुगेर दल दर्ता गराएका हुन् ।

शनिबार बसेको कांग्रेसको केन्द्रीय समितिको बैठकले  निर्वाचनका लागि पार्टी दर्ता गर्ने निर्णय गरेको थियो । आउँदो माघ ११ गते राष्ट्रियसभा र फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ ।

निर्वाचन आयोगले दुवै निर्वाचनका लागि कार्त्तिक २८ गते दल दर्ताका लागि आह्वान गरेको थियो । आयोगले मंसिर १ देखि १० गतेसम्म राष्टिय सभाका लागि र मंसिर १ देखि ७ गतेसम्म दल दर्ताका लागि समय दिएको छ ।