Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

प्रधानमन्त्री कार्कीविरूद्धको अवहेलना रिटमा लिखित जबाफ पेश गर्न आदेश

प्रधानमन्त्री सुशीला कार्की विरूद्धको अवहेलना मुद्दामा सर्वोच्च अदालतले लिखित जबाफ माग्ने आदेश गरेको छ।

सर्वोच्चको आदेशका बावजुड पनि सरकारले १३ देशका राजदूतलाई फिर्ता गरी अवहेलना गरेको रिटमा आइतबार न्यायाधीश हरिप्रसाद फुयाल र अब्दुल अजीज मुसलमानको इजलासमा सुनुवाइ भएको हो। रिटमाथि सुनुवाइ गर्दै विपक्षीहरूको लिखित जबाफ माग्ने आदेश भएको सर्वोच्चको वेबसाइटमा उल्लेख गरेको छ।

मंसिर २ गते अवहेलनाका दुई वटा छुट्टाछुट्टै रिट परेका थिए। जसमध्ये अधिवक्ता प्रेमराज सिलवालले परराष्ट्र र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाएका थिए ।

अधिवक्ताहरू प्रतिभा उप्रेती, अनन्तराज लुइँटेल र विशाल थापाले प्रधानन्त्री सुशीला कार्की समेतलाई विपक्षी बनाएका थिए।