Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

जेनजी विद्रोह विदेशीको कारणले भएको हो भन्नु लज्जास्पद्: सुदन किराँती

नेता सुदन किराँतीले जेनजी विद्रोह विदेशीको कारणले भएको हो भन्नु लज्जास्पद् अभिव्यक्ति भएको तर्क गरे ।

केही मानिसहरू म्युजिकल चियर खेलेर देशलाई कंगाल बनाएर बसेको आरोप लगाउँदै उनले  देशको स्वाधिनतालाई कमजोर बनाएर बसेका छन् अनि विदेशीलाई दोष लगाउने ? भन्दै प्रश्न गरे ।

उनले भने,‘उहाँहरू जेनजी विद्रोह विदेशीको कारणले हो भनेर अझै पनि भन्नुहुन्छ । लाजपनि लजाउने गरी अभिव्यक्ति दिइरहनुभएको छ । हाम्रो पार्टी सम्पूर्ण रूपले त्यस्तो अभिव्यक्तिलाई खारेज गर्दछ । आफ्नो कोठा खुला राख्ने, कोठामा धान छर्ने, भकारीलाई राम्रोसँग नबाँध्ने, अनि भँगेरा आयो भनेर भँगेरालाई दोष दिएर हुन्छ ? २० वर्षदेखि राज्यसत्तामा को छ एकलौटी ? केही मानिसहरू म्युजिकल चियर खेलेर देशलाई कंगाल बनाएर बसेका छन् । देशको स्वाधिनतालाई कमजोर बनाएर बसेका छन् । अनि विदेशीलाई दोष लगाउने ?’