Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

निर्वाचनमा भाग लिने काँगेसको निर्णय

नेपाली कांग्रेसले निर्वाचनमा भाग लिने निर्णय गरेको छ। सानेपामा बसेको केन्द्रीय समिति बैठकले मुलुकलाई निकास दिन चुनाव अपरिहार्य भएकाले निर्वाचनमा भाग लिने निर्णय गरेको हो ।  

बैठकपछि कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भने, प्रतिनिधिसभा निर्वाचनको मितिको निर्वाचन घोषणा भइसकेको अवस्थामा मुलुकलाई निकास दिन निर्वाचन अपरिहार्य भएकाले निर्वाचनमा भाग लिने निर्णय भएको जानकारी दिएका छन् । 

प्रवक्ता महतले  प्रतिनिधिसभा र राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय भएको पनि बताए ।  साथै कांग्रेसले तत्काल शान्ति सुरक्षाको व्यवस्था मिलाउन र निर्वाचनको वातावरण बनाउन सरकारसँग माग गरेको छ ।

कांग्रेसले लहड वा आवेशमा राजनीतिक दल र नेताहरुलाई प्रतिबन्ध लागाउने कार्यले लोकतन्त्रको हिट नगर्ने भन्दै संवाद र वार्ताबाट समस्याको समाधान निकाल्न सबैलाई आग्रह गरेकोछ । प्रवक्ता महतले महाधिवेशन बारे नेताहरु सहमति नजिक पुगेको र मङ्सिर ११ गते फेरी बैठक बस्न लागेको बैठकले आवश्यक निर्णय लिने बताए ।