Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

एमालेको प्रदर्शन र रथयात्राले उपत्यकाको ट्राफिक व्यवस्थापन प्रभावित

काठमाडौं उपत्यका, ट्राफिक प्रहरी कार्यालयले नेकपा एमालेको कार्यक्रमका  कारण  काठमाडौँको प्रदर्शनीमार्ग  हुँदै चल्ने सवारी  साधनलाई यतिबेला डाईभर्सन  गरिएको  जानकारी गराएको छ । उक्त  स्थान  हुँदै  चल्ने  सवारी  साधनलाई  पद्यमोदय मोड र  सभागृहतिरबाट  डाईभर्सन  गरिएको  हो   । 

प्रदर्शनका कारण टुँडिखेल वरिपरी, भोटाहिटी, रणोदिप वा महेन्द्र शालिक  र  पुतलीसडक भएर चल्ने  सवारी  साधनको आवागमनमा पनि  प्रभाव परेको हुनाले सहज यात्राका लागि  उक्त सडकको  विकल्पमा अन्य  सडकको प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध  गरेको छ ।  

मानिसहरू  भेला वा जम्मा भएकाले काठमाडौँको  माइतीघर चोकबाट  सर्भिस  लेन  हुँदै  थापाथलीतर्फ जाने सवारी साधनलाई मुख्य लेनबाट पठाइएको छ ।  त्यसैगरी, सामाखुसी चोकमा मानिसहरु भेला जम्मा भएकाले र  चावहिल चोकबाट जोरपाटी सम्मको लागि रथयात्रा भइरहेकाले सवारी आवागमनमा केही प्रभाव परेको छ ।

यसबाहेक काठमाडौँ उपत्यकाको अन्य स्थानको सवारी आवागमन यतिबेला सामान्य रहेको छ । विभिन्न नाकाहरू हुँदै काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने सवारी साधन पनि सामान्य रुपमा चलिरहेका छन् ।