Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

एमालेका नेताहरुलाई बारा जान रोकिएको घटना बारे विश्वप्रकाशले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमालेका नेताहरुलाई बारा जानबाट रोकिएको घटनाप्रति टिप्पणी गर्दै भ्रमणको वातावरण नबनाएर चुनाव कसरी हुन्छ ? भन्ने प्रश्न गरेका छन् । उनले मधेशले सहि कर्म नगरेको भन्दै महामन्त्री शर्माले भ्रमणको वातावरण बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

उनले भनेका छन्-  एमाले चुनावको विपक्षमा उभिएको छ त, उसलाई चुनावमा आउन आग्रह गरौं । मधेस प्रदेशमा सहि कर्म गरेन त, त्यस विरुद्ध दबाब दिउँ । जेनजीविरुद्ध आवेगका अभिव्यक्ति दिएका छन् त, संयमले बोल्न भनौं । तर आफ्ना कुरा राख्न कहिँ पनि भ्रमण गर्ने संविधान प्रदत्त अधिकार कसैको पनि कुण्ठित गर्न मिल्दैन । त्यसले झनै द्वन्द्व बढाउँछ, यो समय संयम र एकता राख्नुपर्ने समय हो ।

त्यसैले सिमरा घटना दु:खद ! प्रधानमन्त्रीज्युलाई ध्यानाकर्षण- एक फेरा भ्रमणको वातावरण नबनाए, चुनाव कसरी हुन्छ ? सामाजिक संजाल निषेध विरुद्ध उभिने जेनजी कसैको समाज भ्रमण अधिकार´ विरुद्ध उभिन सक्दैनन् । अत सिमरा घटना जेनजी भावना होइन, त्यसको दुरुपयोग हो । निषेधको राजनीति कसैले नगरौं ।