Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

बारा जान नपाएपछि महेश बस्नेत भन्छन्- यस्तो अवरोधबाट विचलित हुदैनौं

नेकपा एमालेका नेता महेश बस्नेतले बारा जान नपाएपछि यस प्रकारको अवरोधले विचलित नहुने टिप्पणी गरेका छन् । बारामा हुने कार्यक्रमका लाग एमाले महासचिव शंकरपोखरेलसँगै सिमरा जान लागेका बस्नेतलाई रोक्न सिमरामा जेनजी युवाहरुले विरोध गरेका थिए । आफ्ना नेताहरुको विरोध भएपछि एमाले नेता कार्यकर्ताले सिमरामा प्रतिरोध गर्दा झडप भएपछि सिमरा तनावग्रस बनेको थियो ।

बस्नेतले  विभिन्न दल–आवद्ध अराजक भिड उतारेर आन्दोलन गराउने र ५०–६० जना संलग्न त्यति सामान्य घटनालाई नियन्त्रण गर्न नसकेर कर्फ्यु लगाउनु नैतिकरूपमा गलत कार्य भएको बताउदै सभा–सम्मेलन गर्न पाउने, स्वतन्त्र विचार राख्न पाउने जस्ता संविधानले दिएको मौलिक अधिकारहरू हनन गरेर दलहरूको गतिविधि रोक्ने सरकारले फागुन २१ मा चुनाव गराउँछु भनेर दाबी गर्नु हास्यास्पद देखिएको बताएका छन् ।

उनले भनेका छन्:  राष्ट्रीय युवा संघ नेपालको मधेश जागरण सभामा बाराको सिमरा जान लाग्दा यएरपोर्ट अबरोध गरेर जान नदिने ‘जेन–जेड’ को नाममा विभिन्न दल–आवद्ध अराजक भिड उतारेर आन्दोलन गराउने र ५०–६० जना संलग्न त्यति सामान्य घटनालाई नियन्त्रण गर्न नसकेर कर्फ्यु लगाउनु नैतिकरूपमा गलत कार्य हो।

सभा–सम्मेलन गर्न पाउने, स्वतन्त्र विचार राख्न पाउने जस्ता संविधानले दिएको मौलिक अधिकारहरू हनन गरेर दलहरूको गतिविधि रोक्ने सरकारले फागुन २१ मा चुनाव गराउँछु भनेर दाबी गर्नु हास्यास्पद देखिन्छ।

हे कठपुतली सरकार , लोकतन्त्र, बिधीको शासन र सुशासनको अझ कति खिल्ली उडाउने हो?  नियत स्पष्ट भइसकेको छ। जनता सबै बुझिसकेका छन्। हामी यस प्रकारका अवरोधले विचलित हुँदैनौँ। लोकतन्त्र, कानुनी शासन र सुशासनको पक्षमा हाम्रो संघर्ष निरन्तर जारी रहनेछ ।