Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

एमालेले बोलायो सचिवालय बैठक

नेकपा एमालेले बिहीबार सचिवालय बैठक बोलाएको छ ।

बिहीबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेगरी एमाले सचिवालय बैठक बोलाइएको हो ।

बैठकमा मंसिर ६ गते काठमाडौंमा हुने जनप्रदर्शन र ११ औं महाधिवेशनको तयारीका विषयमा छलफल हुने बताइएको छ । आगामी मंसिर २७, २८ र २९ गते हुने महाधिवेशनका लागि १३ गते देशैभर प्रतिनिधि छनोट गर्दैछ ।